१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बालेनलाई नमस्कार नफर्काएको विषयमा निश्चलको स्पष्टीकरण


23.79k
Shares

काठमाडौं । फिल्म निर्देशक एवं अभिनेता निश्चल बस्नेत र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीचको एक पुरानो भिडियो विभिन्न सामाजिक सञ्जाल टिकटकमा भाइरल बनेपछि निश्चलले त्यस विषयमा स्पष्टीकरण दिएका छन् ।

भाइरल भइरहेको उक्त भिडियोमा बालेनले गरेको नमस्कार निश्चलले नफर्काएर इग्नोर गरेको भन्दै निश्चलको चर्को आलोचना भएपछि उनले सामाजिक सञ्जाल फेसबुक मार्फत लामो स्टाटस लेख्दै स्पष्टीकरण दिएका हुन् ।

बालेनलाई मेयर बनाउन अभियान चलिरहेको बेला फिल्म ‘चिसो एस्ट्रे’ को प्रिमियरको समयको भिडियोलाई अहिले भाइरल बनाएर आफूविरुद्ध गालीगलौज गरिएको भन्दै निश्चलले फेसबुकमा लेखेका छन् ।

साथै त्यस भिडियोको सत्यता प्रस्तुत गर्दै निश्चलले लेखेका छन्, ‘बालेन र मेरो भेट अगाडि नै भएर सँगसँगै थियौँ । अरू चिनजान भएका साथीहरू आउँदा उनले अरूलाई, मैले अरूलाई अभिवादन गरिरहेका थियौँ । कथा सकियो ।’

सात-आठ महिना अगाडिको भिडियोलाई अहिले भाइरल बनाइएको र साथीभाइ र आफन्तले समेत आफूलाई यसबारे सोधखोज गर्न थालेपछि फेसबुक मार्फत स्टाटस लेख्न बाध्य भएको निश्चलले बताएका छन् ।