
शान्ति श्रेष्ठ
मुलुक समृद्धिको यात्रामा छ । आर्थिक समृद्धि बिना मुलुकको बिकास सम्भव छैन् । सरकार र नेतृत्वले समृद्धिको नारा दिएको छ । तर, व्यवहारमा नारालाई सार्थक बनाउने कुनै दीर्घकालिन योजना छैन् ।
गत मंसिर–४ गते सम्पन्न निर्वाचनमा पनि नेतृत्वले यही समृद्धिको नारालाई चुनावी एजेण्डा बनाएर जनतासमक्ष मत माग्न घर–घर पुगे । तर, यसो हेर्दा यो नारा चुनावको नतिजा आउँदासम्म फिक्का देखिएको छ । त्यसको एउटै कारण हो, यो निर्वाचनमा पनि अधिकांश पुरानै नेतृत्व निर्वाचित भएर आएका छन् । जसको कुनै नयाँ भिजन र दृष्टिकोण छै्रन् । ३५ बर्षदेखि निरन्तर पुरानै एजेण्डा र ढर्रामा निर्वाचन जित्दै आएका नेताहरुले कुनै नयाँ एजेण्डा ल्याउलान भन्ने बिश्वास गर्न सकिदैन् । उनीहरुले पनि समृद्धिको नारा त दिएकाछन् तर अहँ ती योजना सार्थक बनाउने दृष्टिकोण छैन । मात्र नाराका लागि नारा दिएका छन् । तर, यसो भन्दैमा निराश भई हाल्नु पर्ने अवस्था छैन् । अहिलेको निर्वाचनले केहि उर्जावान युवाहरुलाई समेत नेतृत्वमा आउने अवसर दिएको छ । यसले नेपाली समाजमा एउटा पाठ त सिकाएको छ नै ।
मुलुकमा साँच्चै परिर्वतन गर्ने हो भने, युवा नेतृत्व आवश्यक छ । हामीले अन्य मुलुकको उदाहरण हेर्यौं भने पनि त्यो अनुभूति लिन सकिन्छ । युवालाई मुलुक निर्माणको जिम्मा दिनु पर्छ भन्ने मान्यतामा अहिले विश्वका मुलुकहरु एकमत जस्तो देखिन्छन् । यो आवश्यकता हाम्रो जस्तो बिकासोन्मुख मुलुकको पनि आवश्यकता हो । नेपालको कुरा गर्दा पछिल्लो समय अन्य पेशामा लागेका युवा र व्यवसायीहरुसमेत राजनीतिमा आकर्षित भएको पाईन्छ । कारण हो, पुरानै शैली र उमेर पुगेका नेतृत्वबाट मुलक अगाडी बढ्न सक्दैन भन्ने नै हो । त्यस्तो नेतृत्वलाई स–सम्मान बिदाई गरेर गतिशिल युवाहरुको नेतृत्वमा मुलुक सञ्चालन हुनु पर्छ भन्ने हो । यो व्यवहारत प्रशंसा योग्य छ । युवाहरु साँच्चै नेपालको विकासकोलागि केहि गरौ भनेर नै आएका छन् ।
उनीहरुले पनि आर्थिक समृद्धिको नारा दिएकाछन् । तर, पुरानै परिपाटी र कानुनमा नेपालको प्रशासन सञ्चालन भएका कारण नयाँ दृष्टिकोण बोकेका युवाहरुको भिजनलाई पुराना नेताहरुले स्वीकार्न सकेको देखिदैन् । केहि गर्नको लागि कानुनी बाधा अड्चनले उनीहरुलाई अगाडी बढ्नबाट रोकेको देखिन्छ । केहि व्यक्तिहरुले समेत अहिले यस्ता उर्जावान युवा नेतृत्वमाथि बिभिन्न लान्छाना लगाउदै कानुनको लगाम लगाउन थालेकाछन् । एकपछि अर्को आरोप लगाउदै उनीहरुलाई सक्रिय हुनबाट रोक्न खोजिदै छ । राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछाने माथि पनि जनताबाट अनुमोदित भइरहँदा उनको नागरिकताको ईश्यू उठाइएको छ । यसलाई किन पहिला उठाइएन ? सत्यतथ्य के हो ? उनलाई अगाडी आउन रोक्न खोजिएको त हैन भन्ने प्रश्न छ ? यद्यपि रबिको विषय अदालतमा पुगिसकेको छ । त्यस्तै अरु राजनीतक दल भित्रका युवा नेताहरुलाई पनि किन पाका नेताहरुले अगाडि बढ्नबाट रोक्न खोज्दैछन् ?
आज म नेपाल बाहिर बसेर पनि यस्ता यावत प्रश्नहरु मेरो मनमा आउँछन् । नयाँ नेपाल निर्माण र आर्थिक समृद्धिको लागि चालिसांै बर्षदेखिको पुरानो शैली अब नबदली सम्भव छैन् । त्यसकालागि युवा नेताहरुको भिजन आवश्यक छ । युवा नेतृत्वको समृद्ध मुलुक बनाउने सपनालाई आत्मसाथ गर्दे उनीहरुको दृष्टिकोणलाई नेपाली जनताले बिरोध हैन, साथ दिनु आवश्यक देखिन्छ । नानाथरी लान्छाना लगाएर यस्तो उर्जावान नेतृव्वलाई पाखा लगाईंदा समृद्ध मुलुकको सपना पनि पाखा लाग्ने देखिन्छ । यता तर्फ सबैको ध्यान जानु आवश्यक छ । नेपालको प्रशासन यन्त्रमा हुने ढीला सुस्ति, कागजी झन्झट र बैदेशीक लगानी भित्र्याउनको लागि युवा नेतृत्वको पनि ध्यान जानु पर्ने देखिन्छ । अहिलेको राजनीतिक दल र परिपाटी नै समृद्धिको बाधक बनेको देखिन्छ । राजनीतिमा हुने भागबण्डाका कारण र नेता, कार्यकर्ताको चित्त बुझाउनु पर्ने कारण पनि परिर्वतन सम्भव देखिएको छैन् । यसकालागि पुराना कुरालाई बिस्थापित गर्दे नयाँ दृष्टिकोणबाट मुुलुकलाई अगाडी बढाउनु पर्ने देखिन्छ । देशका लागि केहि गरौ भन्ने युवाहरुलाई बिचार र आस्थाको आधारमा लान्छाना लगाउनु किमार्थ राम्रो हैन । यसले अन्ततः मुलुक र तपाँई हामीलाई पछाडी धकेली रहेको हुन्छ ।
बिकासको बाधक हाम्रै व्यवहार र हामी नै त बनिरहेका छैनौ ? अब गम्भिर रुपले सोच्न ढीला गर्नु हुन्न् । पुरानो नेतृत्वलाई सम्मान गर्दे नयाँ बिचारलाई स्थापित गर्न र मुलुकलाई यो अवस्थाबाट अगाडी बढाउँन सबैको भूमिका छ । त्यसैले आर्थिक समृद्धि र विकासकालागि बैचारिक बहस गरौ तर, दल र आस्थाबाट माथि उठौ । स्वतन्त्रको नाममा हुने बिभेद पनि देखिन्छ । त्यसलाई पनि चिर्नु आवश्यक छ । किन भने स्वतन्त्रले के गर्न सक्छ ? कुनै योजना कार्यान्वयन गर्न सक्दैन ? लगायतका प्रश्न तेस्र्याइनर््छ । यस्ता तर्कले मुलुकलाई नयाँ ढंगबाट अगाडी बढ्नबाट रोक्छ । त्यसैले मुलुकको आर्थिक समृद्धि र बिकासलाई स्वार्थ रहित भरिभाषाबाट बिश्लेषण गरिनु पर्छ । हेरिनु पर्छ र मात्र परिवर्तन सम्भव छ । नत्र, एक आपसमा लान्छना लगाएर समय बर्वाद गर्नु बाहेक हामी, हामीले तय गरेको गन्तब्यमा पुग्न सक्दैनौ । त्यसैले हामीले अन्य राष्ट्रको विकास अबधारणा, नेतृत्व र कार्यशैलीको सिको गर्दे अगाडी बढ्नु आवश्यक छ ।
(श्रेष्ठ, संखुवासभा कम्युनिटी अफ अमेरिकाको अध्यक्ष हुनुहुन्छ )
प्रतिक्रिया दिनुहोस्