२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


गायिका आस्था राउतलाई अमेरिकाले इमिग्रेसनबाटै फर्कायो


71.396k
Shares

काठमाडौं । सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई अमेरिकाले इमिग्रेसनबाटै फर्काएको छ ।

भिजिट भिषामा गायिका राउत अमेरिकामा सांगीतिक कार्यक्रम गर्न पुगेकी थिइन् । इमिग्रेसनले भिजिट भिषामा अमेरिकामा सांगीतिक कार्यक्रम गर्न नमिल्ने भन्दै उनलाई फर्काएको हो ।

गायिका राउतलाई सांगीतिक कार्यक्रम गर्न भिजिट भिषामा नभएर पफमेन्स भिषामा हुनुपर्ने कारण देखाउँदै अमेरिका प्रवेशमा रोक लगाइएको हो ।

नेपाली युवा पप गायिकाको रूपमा चर्चित राउतको ‘चौबन्दीमा पटुकी’, ‘सालको पात टपरी’ ‘झुम्के बुलाकी’, ‘नाकैमा फुली’ लगायत आस्थाका थुप्रै गीत हिट छन् ।