२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राजनीतिको आवरणमा अपराधलाई छुट दिन खाेजियाे : भीम रावल


78
Shares

काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले सरकारले राजनीतिको आवरणमा अपराधलाई छुट दिन खोजेको आरोप लगाउनु भएकाे छ ।

बिहीबार काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा बोल्दै नेता रावलले सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै यस्ताे आराेप लगाउनु भएकाे हाे।

उहाँले फौजदारी क्रियाकलाप गर्नेलाई छुट दिन सरकारले अध्यादेश ल्याएको जिकिर गर्नुभयाे । रावलले सरकारको कदमले देशलाई कुशासनको बाटोमा धकेलेको टिप्पणी गर्नुभयाे ।