
काठमाडाैँ । नेपालका थेरवाद बौद्ध शासनका जेष्ठ बौद्ध अनागारिका माधवी गुरुमाँको बिहीबार अन्त्येष्टि गरिएको छ । उहाँको बिहीबार ललितपुरको शंखमुल घाटमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिएको हो ।
९२ वर्षिय माधवी गुरुमाँको बुधबार उपचारको क्रममा सुमेरु अस्पतालमा निधन भएको थियो । नेपाल अनागारिका संघको महासचिव समेत रहनुभएकी माधवीले भारतको कुशीनगरमा १८ वर्षको उमेरमा भिक्षु उ चन्द्रमुनी महास्थवीरको उपाध्यायत्वमा अनागारिका प्राप्त गर्नुभएको थियो ।
उहाँ यशोधरा बौद्ध विद्यालय र सुनन्दाराम विहार स्थापना गरि नेपालको शिक्षा क्षेत्रमा ७ दशक भन्दा बढी समय महिला सशक्तिकरणका लागि लाग्नुभएको थियो । बुद्ध शिक्षा मार्फत नारी सशक्तिकरण लागेका उहाँ गोरखा दक्षिणबाहुबाट पनि सम्मानित हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्