१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशका केही स्थानमा वर्षाको सम्भावना


377
Shares

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

आज (शुक्रबार) बिहान देशका तराई भू-भागका केही स्थानहरुमा हुसु र कुहिरो लागेको छ । त्यस्तै, पहाडी भू-भागमा भने आंशिक बदली हुने छ । साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश-१ को पहाडी भू-भागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

शुक्रबार राति भने देशको पहाडी भू-भागमा आंशिक बदली हुने भएको छ । साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुने महाशाले जनाएको छ ।