१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दुर्घटना भएको सात महिनापछि तारा एयरको जहाजका भग्नावशेष संकलन


312
Shares

काठमाडौं । गत जेठ १५ गते मुस्ताङमा दुर्घटना भएको तारा एयरको जहाजको भग्नावशेष सात महिनापछि सकंलन गरिएको छ ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनाको मृत्यु भएको थियो ।

भौगोलिकरूपले अति विकट पहाडको खोँच तथा पाखोमा छरिएका जहाजका पाटपुर्जा संकलन गर्न तारा एयरले मंसिर १९ गतेदेखि मजदुरको टोली परिचालन गरेको थियो ।

समुद्री सतहबाट चार हजार ३ सय मिटर उचाइको पहाडबाट जहाजका पाटपुर्जा र सामान संकलन गरेर कोवाङ झार्ने काम सकिएको टोलीले जनाएको छ ।