
काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) का लागि बिहीबार भएको खेलाडी छनोटमा नेपाली खेलाडीहरु बिकेनन् ।
पीएसएलमा सहभागि टोलीहरुले ड्राफ्ट मार्फत विभिन्न खेलाडीलाई अनुबन्धन गरेका छन् । तर, ड्राफ्टमा सुचिकृत सात नेपाली खेलाडी माथी कुनै पनि टोलीको नजर परेन ।
नेपालका दुई खेलाडी विदेशी खेलाडीको गोल्डेन तथा पाँच खेलाडी सिल्भर क्याटागोरीमा रहेका थिए ।
नेपालका सुरूवाती व्याट्सम्यान कुशल भुर्तेल र विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी पीएसएल ड्राफ्टको विदेशी खेलाडीको गोल्डेन क्याटागोरीमा थिए । यसैगरी, नेपालका अन्य पाँच खेलाडी अर्जुन साउद, सुवास खकुरेल, सोमपाल कामी, पवन सर्राफ र आदील अन्सारी विदेशी खेलाडीको सिल्भर क्याटागोरीमा रहेका थिए ।
आगामी माघ २६ गते (फेब्रुअरी ९) बाट प्रतियोगिता सुरू हुने भए पनि खेल तालिका भने सार्वजनिक भएको छैन् ।
प्रतिक्रिया दिनुहोस्