१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पुस महिनाभर चालु पूँजीमा आधारित कर्जा जारी तथा नवीकरण नहुने


182
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत कात्तिकदेखि लागू गरेको चालु पूँजी कर्जा नीतिको मूख्य असर पुस महिनामा देखिने भएको छ ।

चालु पूँजी कर्जाको मार्गदर्शनले प्रत्येक त्रैमासको अन्तिम महिनामा चालु पूँजीको सीमा वृद्धि तथा पुराना ऋणीलाई नयाँ कर्जा स्वीकृत गर्न रोकेको छ । जसका कारण पुस महिनाभर चालु पूँजी कर्जा ठप्प हुने छ ।

व्यावसायीहरु चालु पूँजी कर्जा मागदर्शनको कार्यान्वयनमा ढिलाई गर्न माग गर्दै आन्दोलनमा उत्रिएको बेला केन्द्रीय बैंकले भने आफ्नो नीति लागू गर्ने अडान छाडेको छैन ।

बैंकरहरुले पनि नयाँ कर्जा जारी गर्न नपाउने तथा पुरानो कर्जाको सीमा बढाउन नपाउँदा अप्ठेरो पर्ने बताउँदै आएका छन् । यस्तै, नेपाल राष्ट्र बैंकले भने चालु पूँजी कर्जाको दुरूपयोग भएको भन्दै पुरानो कर्जाको साँवा ब्याज तिर्न नयाँ कर्जा लिने प्रवृत्ति रोक्नुपर्ने बताउँदै आएको छ ।

पुस महिनामा ऋण प्रवाह हुन नपाउने हुँदा व्यावसायीहरु दबावमा रहेको बैंकरहरूको भनाइ छ ।