१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चेम्बरद्वारा महिला उद्यमीलाई तालिम


65
Shares

काठमाडाैं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्बन्धी तालिम दिने भएको छ । लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा मुलुकभरका उद्यमी महिलालाई सूचना प्रविधि सम्बन्धी तालिम दिन लागिएको हो ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी तालिमबारे जानकारी गराइएको छ । तालिम सम्बन्धी सम्झौता पत्रमा महिला चेम्बरकी सचिव लिमा अधिकारी र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गर्नुभयो । हस्ताक्षर कार्यक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधि तालिम रोजगारी सिर्जना गर्न र व्यवसायिक वृद्धिका लागि फलदायी हुने बताउनु भयो ।

तालिममा सहभागी हुन इच्छुक उद्यमी महिला छनोटका लागि एक स्वतन्त्र किमिटी समेत गठन गरिने चेम्बरले जनाएको छ । उद्यमी महिलाका लागि सञ्चारक्षमता, बजार प्रवर्द्धन , वेबसाईट डिजाइन लगायतका विषयमा तालिम दिइने महिला चेम्बरकी सचिव लिमा अधिकारीले जानकारी दिनुभयो । तालिम सम्बन्धी कार्यक्रम पुस १५ गतेदेखि १ वर्षसम्म सञ्चालन हुनेछ ।