२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


देउवाले बोलाए नवनिर्वाचित सांसदको भेला


1.17k
Shares

काठमाडौं । समानुपातिकको समेत अन्तिम निर्वाचनको परिणाम आइसकेपछि प्रधानमन्त्री तथा नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शनिबार पहिलोपटक कांग्रेसबाट निर्वाचित सबै सांसदको भेला बोलाउनु भएको छ ।

दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको भेलामा नवनिर्वाचित सांसदलाई बधाई आदानप्रदान र संसदीय दलको निर्वाचनलगायतका विषयमा छलफल हुने सांसद रामहरि खतिवडाले जानकारी दिनुभयो ।

यसैबीच, कांग्रेसले पुस पहिलो साता संसदीय दलको नेता चयन गर्ने भएको छ  । पुस ३ गते समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरेपछि संसदीय दलको नेता चयन गर्ने कांग्रेसको तयारी छ  ।

कांग्रेस संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको गृहकार्यमा जुट्ने दलहरूको तयारी छ  । संसदीय दलको नेतृत्व लिन कांग्रेसमा आकांक्षीको दौडधुप छ  ।

कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षमा ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ जना सांसद निर्वाचित भएका छन् ।