
काठमाडाैं । सरकारले हालसम्म ३ खर्ब ६० अर्ब आम्दानी गर्दा ४ खर्ब ३८ अर्ब बराबर खर्च गरेको छ ।
यसरी सरकारको आम्दानी भन्दा खर्च ७८ करोडले बढी हुन पुगेको हाे। चालू आर्थिक वर्षको पहिलो ५ महिनासम्म सरकाले लक्ष्यको २४ प्रतिशत खर्च गरेको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार यस अवधिमा पूँजीगत खर्च भने जम्मा ९ प्रतिशतमा सीमित रहेको छ ।
चालू आवका लागि सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट ल्याएको थियो । यस मध्ये यहि पुष १ गतेसम्म ४ खर्ब ३८ अर्ब ७४ करोड बराबर खर्च भएको कार्यालयले जनाएको छ । यस मध्ये पूँजीगत खर्च जम्मा ३४ अर्ब २१ करोड खर्च भएको छ । पूँजीगत बजेट ३ ३ खर्ब ८० अर्ब ३८ करोड बराबर छुट्याइएको छ । चालू शीर्षकमा विनियोजित कुल ११ खर्ब ८३ अर्ब बजेट मध्ये हालसम्म ३ खर्ब ५७ अर्ब अर्थात ३० दशमलव २.२ प्रतिशत खर्च भएको छ ।
वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब बजेट विनियोजन भएकामा पुष १ गतेसम्ममा ४६ अर्ब ९६ करोड खर्च भएको छ। यस अवधिमा सरकारको कुल आम्दानी ३ खर्ब ६० अर्ब अर्थात लक्ष्यको २४ दशमलब ७१ प्रतिशत भएको छ । आन्तरिक राजस्व सङ्कलन ३ खर्ब २९ अर्ब ४३ करोड रहेको छ । गैरकर राजस्व २५ अर्ब ४९ करोड संकलन भएको महालेखाले जनाएको छ ।
साथै यस अवधिमा सरकारले वैदेशिक अनुदान जम्मा ६ प्रतिशत बराबर अर्थात ३ अर्ब ४१ करोड मात्र पाएको छ ।
प्रतिक्रिया दिनुहोस्