
काठमाडाैं । साना तथा मझौला व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्वमा पर्यटन व्यवसायी हरिभक्त पराजुली चयन हुनुभएको छ ।
विराटनगरमा शुक्रबार राति भएको महासंघको १९ औं वार्षिक साधारण सभा एवं पाचौं राष्ट्रिय महाधिवेशनले पराजुलीलाई निर्विरोध निर्वाचित गरेकाे हाे । निर्वाचित भएपछि अध्यक्ष पराजुलीले संस्थाप्रति आफू सदैव लागि पर्ने बताउनुभयो । उहाँले संस्थालाई अझै माथि लैजान आफूले सकेको साथ र सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
अध्यक्ष पराजुलीले व्यवसायीहरुका बैंकिङ र वित्तीय समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
महासंघको सह अध्यक्षमा इनु पौडेल, वरिष्ठ उपाध्यक्षमा रामकेशर विष्ट लगायतका २७ जना पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्