१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मतले जितेँ अब मनले जित्नेछु : पौडेल


91
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले देशमा उत्पादनमुलक उद्योगहरु खोल्न जरुरी रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन उत्पादनमुलक उद्योगहरु खोल्न जरुरी रहेको बताउनुभएको हो ।

आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी रहेको भन्दै पौडेलले निर्यातमुखी अर्थतन्त्रको विकास भए रोजगारीको अवसर सिर्जना हुने बताउनुभयो ।

नेता पौडेलले आफ्नो विजयीलाई एउटा अवसरको रुपमा लिएको भन्दै आगामी दिनमा जनतासँग गरेका प्रतिबद्धताहरु पूरा गर्ने बताउनुभयो ।

मत प्राप्त गरेपनि अब आमनागरिकको मन जित्न जरुरी रहेको नेता पौडेलको भनाई छ ।

नेता पौडेलले अबको ५ वर्षमा राजनीतिक व्यथितिको अन्त्य गर्ने,स्थानीय समस्या समाधान गर्ने र निर्वाचनमा जनतासँग गरेका वाता पूरा गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो ।