२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


‘महापुरूष’ काे ५१ औँ दिन: कति कमायो ?


286
Shares

काठमाडौं । महजोडी अर्थात कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’ ले आज (शनिबार) ५१ औँ दिन मनाएको छ ।

तिहार बिदाको अवसर पारेर गत कार्तिक ११ गतेबाट देशभर प्रर्दशनमा आएको यस चलचित्रले बक्स अफिसमा निकै राम्रो कमाइ गरेको हो । चलचित्रले हालसम्म घरेलु बक्स अफिसबाट मात्र करिब ११ करोड रुपैयाँको ग्रस संकलन गरिसकेको निर्माण टिमले जनाएको छ ।

षट्कोण आर्ट्स प्रा.लि. को ब्यानरमा निर्मित चलचित्रले स्वदेशको अलवा विदेशमा पनि राम्रो व्यवसाय गर्न सफल भएको छ । साेही चलचित्रले अमेरिका, अष्ट्रेलियामा र युरोपका केही मुलुकहरूमा प्रदर्शन भइरहँदा केही दिन अगाडिदेखि मध्यपूर्वी देशहरू कतार, ओमान, बहराइन र युएईमा समेत प्रदर्शन सुरू गरेको छ ।

सुरुवाती ३ सातासम्म कमाइमा रफ्तार देखिएको चलचित्र ४ सातापछि कमी आएको थियो । चलचित्र हेर्न सबै उमेर समूहका दर्शकहरू हलमा पुगेका थिए । चलचित्रमा महजोडीसँगै रविन्द्र सिंह बानियाँ, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अन्जना बराइली, शिखा तामाङ, कोपिला थापा, शिरू विष्ट, कविता श्रेष्ठ र नरेन्द्र कंसाकार लगायतका कलाकारहरूले अभिनय गरेका छन् । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रका निर्माता भने दिपेश खत्री रहेका छन् ।

त्यस्तै, साेही चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ रहेका छन् ।