२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


देउवा र प्रचण्डबीच भेटवार्ता : काे बन्ला प्रधानमन्त्री ?


2.106k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

भेटवार्तामा प्रधानमन्त्री देउवालाई प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन औपचारिक प्रस्ताव गर्नुभएकाे हाे ।

सत्ता समीकरण निर्माणबारे एमालेसँग समेत समानान्तर वार्तामा रहेका प्रचण्डले शनिबार बिहान देउवालाई भेटेर आफूलाई प्रधानमन्त्री बनाउन औपचारिक प्रस्ताव गरेकाे माओवादीका एक नेताले बताउनु भएकाे छ ।

आफैँ प्रधानमन्त्री बन्ने तयारीमा रहेका देउवालाई भेटेर प्रचण्डले प्रधानमन्त्रीमा आफ्नो दाबी रहेको औपचारिक जानकारी गराएपछि सरकार गठनकाे प्रक्रिया झन पर धकेलिएकाे राजनीतिक वृतमा चर्चा चल्न थालेकाे छ ।

स्रोतका अनुसार निर्वाचन अगाडि भएकाे भेटमा प्रधानमन्त्री देउवाले प्रचण्डलाई निर्वाचनपछि प्रधानमन्त्री बनाउने आश्वासन दिनुभएकाे थियाे ।

निर्वाचनपछि तेस्रो दलमा खुम्चिएपनि निर्वाचन अघि देउवाले दिएको आश्वसनको बलमा शनिबार भेटेर प्रचण्डले आफूलाई प्रधानमन्त्री वातावरण मिलाउन देउवासमक्ष आग्रह गर्नुभएकाे हाे ।