
काठमाडौं। रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले आफ्ना सैनिक प्रमुखहरुसँग भेट गरी युक्रेनमाथि आक्रमणको थप रणनीतिकाे विषयमा छलफल गर्नुभएको छ ।
रुसले युक्रेनको पूर्वाधारमा पुनः मिसाइल आक्रमण गरे लगत्तै पुटिनले सैनिक प्रमुखहरुसँग भेट गर्नुभएको हो । भेटका क्रममा रुसी रक्षामन्त्री सर्गेइ शोइगु र सशस्त्र बलका प्रमुख भ्यालेरी गेरासिमोभले समेत युक्रेनमा थप आक्रमणमा खाका तयार पारेको जनाइएको छ । रुसले पछिल्लो समय युक्रेनका विभिन्न पूर्वाधार लक्षित आक्रमणलाई तीब्रता दिएपछि युक्रेनका लाखौं जनता अध्यारोमा बस्न बाध्य छन् ।
रुसले अर्को वर्षको सुरुदेखि नै युक्रेनमा थप आक्रामक कारबाही थाल्ने योजना बनाईरहेको युक्रेनी अधिकारीहरुको दावी छ । युक्रेनले रुसका सैन्य आधार शिविरलाई निशाना बनाएपछि आक्रोशित रुसले थप पूर्वाधारहरुमा प्रतिआक्रमण गरेको हो । यसअघि रुसले क्रिसमस युद्धबिरामको नाममा १० महिनादेखि जारी युद्ध नरोकिने स्पष्ट पारिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्