२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


संसद् सचिवालयका महासचिवले पठाए सर्वोच्चमा यस्ताे जवाफ


273
Shares

काठमाडाैं । संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सर्वोच्च अदालतको संवैधानिक इजलासमा लिखित जवाफ पठाएका छन् ।

आइतबार संवैधानिक इजलासमा लिखित जवाफ पठाउँदै महासचिव गौतमले प्रतिनिधिसभाको कार्यकाल सकिएपछि महाअभियोग निष्क्रिय हुने बताउनु भएकाे छ ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग प्रस्ताव निस्प्रभावी भएको भन्दै पत्र दिएपछि विवादमा परेका गौतमसँग सर्वोच्च अदालतको फुल कोर्ट (पूर्ण बैठक) र संवैधानिक इजलासले उक्त पत्र दिनुको कारणबारे जवाफ माग गरेका थिए ।

संसद सचिवालय स्राेतका अनुसार गौतमले प्रतिनिधिसभाको कार्यकाल सकिएपछि उक्त प्रतिनिधिसभाको अन्य बिजनेससँगै महाअभियोग प्रस्ताव पनि निष्क्रिय हुने दावी गर्दै लिखित जवाफ पठाउनु भएकाे हाे ।