
एजेन्सी । भारतीय अभिनेत्री दीपिका पादुकोणले कतारमा सम्पन्न फिफा विश्वकप फुटबल २०२२ को समापन समारोहमा ट्रफी अनावरण गरेकी छन् ।
दीपिकाले आइतबार राति फिफा विश्वकप ट्रफीको अनावरण गरेकी हुन् । दीपिका यस्तो गर्ने पहिलो भारतीय बनेकी छिन् । उनको उक्त समयको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । दीपिका त्यहाँ आफ्ना पति रणवीर सिंहसँग पुगेकी थिइन् ।
दीपिकाले स्पेनिस फुटबलर केर कासिलासको साथमा कार्यक्रममा प्रवेश गरेर ट्रफी अनावरण गरेकी हुन् । उक्त ट्रफी ६ दशमलव १७५ किलोग्रामको १८ क्यारेट सुन र मलाकाइटबाट बनेको छ । केहीले मात्र ट्रफीलाई छुन र समात्न सक्छन्, जसमा पूर्व फिफा विश्व कप विजेताहरू र राष्ट्र प्रमुखहरू छन्।
फिफा विश्वकप फाइनल अर्जेन्टिना र फ्रान्सबीच भएको थियो । ३८ वर्षपछि अर्जेन्टिनाले फिफा विश्वकप ट्रफी जितेको छ । यो ऐतिहासिक खेल हेर्न शाहरुख खान, दीपिका पादुकोण, नोरा फतेही, करिश्मा कपूर, रविना टण्डन, कार्तिक आर्यन लगायतका धेरै भारतीय कलाकारहरू कतार पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्