२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


नवलपरासीमा ३ महिनाभित्रमा केबलकार सञ्चालन हुने


26
Shares

काठमाडौं । नवलपरासीमा आगामी ३ महिनाभित्र केबलकार सञ्चालन गर्ने तयारी भएको छ ।

नवलपरासीको गैँडाकोट नगरपालिका–१ मा रहेको मौलाकालिका मन्दिर जानका लागि ३ महिनाभित्र केबलकार सञ्चालन हुने भएको हो । निर्माण कम्पनी मौलाकाली केबलकार प्रालिले केबलकारको निर्माण अन्तिम चरणमा रहेको जनाएको छ ।

आइएमइ समूहले सञ्चालनमा ल्याउन लागेको केबलकार निर्माणका लागि स्थानीय धार्मिक र सामुदायिक वनको साना ठूला गरी १ हजार भन्दा बढी रूख कटान गरिएकोे डिभिजन वन कार्यालयले जनाएको छ । मौलाकाली केबलकार प्रालिले करिब १ अर्ब ५० करोड रुपैयाँको लगानीमा आयोजना अगाडि बढाएको हो ।

चन्द्रागिरी हिल्स र मनकामना केबलकार निर्माण गरेको अस्ट्रेलियन कम्पनीले नै मौलाकाली केबलकार निर्माणको काम गरिरहेको छ ।