८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


कांग्रेसले गर्‍याे संसदीय दलको निर्वाचन तालिका सार्वजनिक


364
Shares

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चुनावकाे मिति ताेकेकाे छ ।

कांग्रेसले ६ पुसमा संसदीय दलको निर्वाचनकाे मिति ताेकेकाे हाे ।

आइतबार केन्द्रीय कार्यसम्पादन समितिले बनाएको निर्वाचन समितिले ६ पुसमा दलको नेता चयन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हाे ।

त्यसका लागि पुस ५ गते विहान ८ देखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ । मतदान भने पुस ६ गते विहान ८ बजेदेखि १० बजेसम्म हुनेछ ।