
काठमाडौं । क्यानाडाको टोरोन्टोस्थित निजी अपार्टमेन्टको एउटा ब्लकमा एक जना बन्दुकधारीले गोली प्रहार गर्दा ५ जनाको मृत्यु भएकाे छ ।
टोरोन्टोदेखि करिब ३० किलोमिटर उत्तरमा पर्ने भउगनस्थित गोली चलेको भवनमा पुगेको प्रहरीसँगको भिडन्तमा आक्रमणकारीकाे समेत मृत्यु भएकाे छ । घटनामा घाइते भएका एक व्यक्तिलाई अस्पताल भर्ना गरिएको छ । साेही घटनाकाे बारेमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ। सोही फ्ल्याटमा १ सय भन्दा बढीको बसोबास रहेको बुझिएको छ ।
घटनाका बेला सर्वसाधारणबीच भागदौड मच्चिएको थियो । क्यानडामा छिमेकी मुलुक अमेरिकाको तुलनामा थोरै संख्यामा गोलीकाण्ड हुने गरेपनि केही समययता बन्दुकसँग सम्बन्धित हिंसा बढ्न थालेपछि हालै बन्दुकमाथि प्रतिबन्ध लगाउन विधेयक ल्याइएको छ ।
एक जना बन्दुकधारीले प्रहरीको भेषमा नोभा स्कोसियामा २२ जना मानिसको ज्यान लिएपछि सन् २०२० को मे महिनामा क्यानडाले १ हजार ५ सय किसिमका सैनिक प्रयोजनका हतियारमाथि प्रतिबन्ध लगाएको थियो ।
प्रतिक्रिया दिनुहोस्