
काठमाडौं । अमेरिकाको संसद भवन ‘क्यापिटल हिल’ मा भएको दंगाकाे बारेमा छानविन गरिरहेको संसदीय समितिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोषी ठहर गरेको छ ।
अमेरिकी कांग्रेसको न्यायिक छानबिन समितिले ट्रम्पविरुद्ध विभिन्न ४ वटा आपराधिक मुद्दा चलाउन न्याय विभागलाई भनेको हाे । गत जनवरी ६ तारिखमा संसदले राष्ट्रपति चुनावको नतिजा प्रमाणिकरण गर्ने बेला प्रदर्शनकारीहरुले क्यापिटल भवनमा आक्रमण गरेका थिए ।
उनीहरुले संसद भवन केही बेर नियन्त्रणमा लिएका थिए । यस घटनाको १८ महिनापछि संसदिय समितीको बैठकले ट्रम्पमाथि ४ वटा आरोप लगाएको छ । जसमा राज्यविरुद्धको बिद्रोहलाई उक्साउने, सहयोग गर्ने वा सान्त्वना दिने र आधिकारिक कार्यमा अवरोध गर्ने रहेका छन् ।
सात डेमोक्रेट र दुई रिपब्लिकनहरुले १ सय ६१ पृष्ठ लामो प्रतिवेदन तयार पारी ट्रम्पमाथि दंगाको क्रममा मतदाताहरुको इच्छा विपरित षडयन्त्र गरेको पुष्टी गरेको हो । ट्रम्पले भने आफूमाथिको आरोप अस्वीकार गर्दै न्यायिक छानविन समितिलाई कंगारू अदालत भनि आलोचन गर्नुभएको छ ।
यस घटनाको छानविन गर्न बनाइएको समितिले पहिलो पटक ४ जना आरोपितमाथि मुद्दा चलाउन निवेदन दिएको थियो । ति चारै जना पूर्वराष्ट्रपति ट्रम्पका सहयोगी एवं कर्मचारी रहेका थिए । उनीहरूमाथि चुनावकाे बारेमा दुष्प्रचार गर्दै चुनावी परिणाम उल्टाउन ट्रम्पका समर्थकहरुलाई उक्साएको एवं भड्काएको आरोप लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्