
काठमाडौं । श्रीलंकामा २ लाख सर्वसाधारणले मध्यम तथा तीव्र खाद्य असुरक्षाको सामना गरिरहेको तथ्यांक सार्वजनिक भएको छ ।
संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) का अनुसार यहि वर्षको जुनदेखि डिसेम्बर १८ सम्मको अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रत्येक १० घरपरिवारमा ४ घरपरिवारले आफ्नो आयमा अभावको महसुश गरिरहेको र प्रत्येक दुई घर परिवार मध्ये एकले खाद्य असुरक्षाको खतरा अनुभव गरिरहेको प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।
एफएओका अनुसार श्रीलंकाका ४० प्रतिशत जनता आफ्नो जीविकोपार्जनका लागि कृषिमा निर्भर रहेका छन् । यय वर्ष धानको उत्पादन लागत १ सय प्रतिशत भन्दा बढीले बढेको छ । खाद्य असुरक्षाका कारण त्यहाँका जनता मारमा परेको भन्दै एफएओले विश्व जगतको ध्यानाकर्षण गराएकाे छ ।
प्रतिक्रिया दिनुहोस्