२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


वर्षमान पुन स्वदेश फर्किंदै


1.144k
Shares

काठमाडौं । उपचारका लागि चीनमा रहनुभएका नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन आज मंगलबार १ बजे स्वदेश फर्कंदै हुनुहुन्छ ।

स्वास्थ्य सुधारोन्मुख भएपछि पुन मंगलबार १ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जानकारी दिएको छ ।

वंशाणुगत जण्डिसबाट पीडित उहाँ स्वास्थ्य समस्या बल्झिएपछि उपचारका लागि गत १६ मंसिरमा चीन जानुभएको थियो ।

यसअघि गत वर्ष पनि रोगले च्यापेपछि पुनको पहिला थाइल्याण्ड र पछि चीनमा उपचार गरिएको थियो ।