
काठमाडौं । गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पशुपतिशम्शेर जबराले शपथ खुवाउने हुनुभएको छ ।
राप्रपाबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित जबरा नागरिकताका आधारमा जेठो सदस्य देखिएपछि उहाँले नै अन्य सांसदहरुलाई बिहीबार शपथ गराउने हुनुभएको हो ।
उमेरका हिसाबले जबरा ८० वर्षका हुनु भयो । उहाँको जन्ममिति वि.सं. १९९८ वैशाख २५ रहेको छ ।
जबरालाई भोलि बुधबार दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । जबराले राष्ट्रपति भण्डारीबाट शपथग्रहण गरेपछि अन्य सांसदहरुलाई शपथ खुवाउनु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्