२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अर्जुन कपूर अभिनित फिल्म ‘कुत्ते’को ट्रेलर सार्वजनिक


585
Shares

एजेन्सी । भारतीय अभिनेता अर्जुन कपूर अभिनित फिल्म ‘कुत्ते’ को ट्रेलर सार्वजनिक भएको छ ।

मंगलबार सार्वजनिक फिल्मको ट्रेलर जबरदस्त एक्सनले भरिएको छ । उक्त ट्रेलर निकै रोचक छ, जसलाई दर्शकले रुचाइरहेका छन् । फिल्म १३ जनवरी, २०२३ मा सिनेमाघरहरूमा रिलिज हुने छ।

सार्वजनिक २.४२ सेकेण्ड लामो ट्रेलरमा छोटो समयमा कसरी बढी पैसा कमाउने भन्ने एउटै लक्ष्य राख्ने सात व्यक्तिको कथा प्रस्तुत गरिएको छ । यी व्यक्तिहरूमा खलनायक मात्र नभएर प्रहरी पनि समेल भएका छन् । फिल्म उक्त कथाबस्तुमा घुमेको छ ।

फिल्ममा अर्जुन कपुरका अलावा तब्बु, नसिरुद्दीन शाह, कोंकणा सेन शर्मा, राधिका मदन, कुमुद मिश्रा र शार्दुल भारद्वाजलगायतको अभिनय रहेको छ । फिल्मलाई प्रसिद्ध निर्देशक विशाल भारद्वाज र लोकप्रिय गायिका रेखा भारद्वाजका छोरा आस्मान भारद्वाजको निर्देशन गर्न गरेका हुन् । उनको यो डेब्यु निर्देशन फिल्म हो ।

उक्त फिलमलाई विशाल, रेखा र भूषण कुमारको टी-सिरिजले निर्माण गरेको हो ।