१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


ट्वीटरको प्रमुख कार्यकारी पदबाट राजीनामा दिने मस्कको घोषणा


78
Shares

काठमाडौं । ट्वीटरका मालिक एलन मस्कले ट्वीटर कम्पनीको प्रमुख कार्यकारी पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

मस्कले तीन दिन अघि ट्वीटर प्रयोगकर्ताहरुबीच आफू कार्यकारी पदमा रहन उपयुक्त होला नहोला भन्ने विषयमा भोटिङ गराएका थिए । ५७ प्रतिशत ट्वीटर प्रयोगकर्ताले मस्कलाई ट्वीटरको कार्यकारी पदबाट राजीनामा दिन सुझाव दिएका थिए । बहुमत प्रयोगकर्ताको सुझाव अनुसार मस्कले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

उनले छिटो भन्दा छिटो राजीनामा दिने र आफ्नो ठाउँमा कुनै मूर्खलाई राख्ने बताएका छन् । मस्कले आफू अब सफ्टवेयर र सर्भर मात्रै चलाउने समेत बताएका छन् । तीन महिना अघि ट्वीटरको स्वामित्व लिएका मस्कले ट्वीटरमा केही प्रावधानहरु परिवर्तन गर्न खोजेपछि उनको आलोचना समेत हुँदै आएको छ । ट्वीटर मात्रै नभई मस्कका अन्य कम्पनीहरुको शेयर भाउ पनि घटिरहेको छ ।

जसका कारण १ महिनामा मस्कको सम्पत्ति १ सय अर्ब डलरले घटेको छ ।