
एजेन्सी । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुले फिल्मबाट लामो समय विश्राम लिने भएकी छिन् ।
भारतीय सञ्चार माध्यामहरुमा अनुसार उनलाई स्वास्थ्यले साथ नदिएपछि उनले फिल्मबाट विश्राम लिन लागेकी हुन् । उनले यसवर्ष उनले आफू कसरी मायोसाइटिस भन्ने रोगबाट पीडित भएँ र कसरी निको हुन लामो समय लाग्यो भन्ने कुरा सार्वजनिक गरेकी थिईन्।
अभिनेत्री सामन्था उक्त रोगको उपचारका लागि अमेरिका गएकी थिइन् । उपचारका लागि दक्षिण कोरिया जान सक्ने अनौपचारिक खबर पनि आएको थियो । तर उनी अमेरिका नै गइन् । उनलाई उक्त रोगबारे पत्ता लागेपछि स्वास्थ्यले गर्दा फिल्मबाट विश्राम लिन लागेको बताएकी हुन् । साथै उनी आफूले साइन गरेका भारतीय फिल्मबाट पनि बाहिरिएकी छिन् किनभने उनी ती प्रोजेक्ट आफ्नो कारणले ढिलाइ होस् भन्ने चाहदिनन्। बरु उनी पूर्णरूपमा निको भएर फिल्ममा फर्केर यसअघि जस्तै उत्कृष्ट काम गर्न चाहन्छिन् ।
विजय देवरकोंडा, कुशीसँगको उनको एक फिल्मको ६० प्रतिशत छायांकन पूरा भइसकेको छ र यो फिल्मको छायांकन सकेर मात्र उनी लामो ब्रेक लिने तयारीमा छिन् ।
केही भारतीय माध्यामले उनको मृत्युको झूठो खबर पनि प्रसारण गरे । यसलाई सामन्थाले विश्वास नगर्न आग्रह गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्