
काठमाडाैं । गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रदेश नम्बर १ सरकारले नगदसहित सम्मान गर्ने भएको छ ।
प्रदेश–१ सरकारले नवौं राष्ट्रिय खेलकुदमा पदक विजेतालाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको हो ।
नवौंमा स्वर्ण पदक विजेतालाई १ लाख, रजत विजेतालाई ७५ हजार र कास्य पदक विजेतालाई ५० हजारले पुरस्कृत गर्ने प्रदेश–१ सरकारले जनाएको छ ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म आयोजना भएको थियो । नवौंमा प्रदेश–१ ले १० स्वर्ण,२३ रजत र ५० कास्य पदक गरि कुल ८३ पदक जितेको थियो । प्रदेश–१ नवौंको पदक तालिकामा छैटौं स्थानमा रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्