१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बीपी प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा. डा शर्मा नियुक्त


351
Shares

सुनसरी । सुनसरीको धरान स्थिति बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको रिक्त रहेको शिक्षाध्यक्ष (रेक्टर) पदमा प्रा. डा. सन्जिव कुमार शर्मा नियुक्त हुनु भएको छ ।

स्वास्थ्य मन्त्री तथा प्रतिष्ठानका सहकुलपति भवानी खापुङ्ले शर्मालाई नियुक्त गर्नुभएको हो ।

प्रतिष्ठानको पुर्व मेडिसिन विभाग प्रमुख तथा मिर्गौला तथा मुटुरोग विशेषज्ञ रहेका शर्माले बिहीबार कार्यभार सम्माल्नु भयो ।

उहाँलाइ प्रतिष्ठानका निवर्तमान शिक्षाध्यक्ष डा. गुरु खनाल लगायतका चिकित्सक र कर्मचारीले स्वागत गरेका थिए ।

नवनियुक्त शिक्षाध्यक्ष शर्माले आफ्नो कार्यकालमा प्रतिष्ठानको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा व्यापक परिवर्तन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले प्रतिष्ठानको सुधारका लागि यहाँ कार्यरत चिकित्सक र कर्मचारीलाई समेत सहयोग गर्न अनुरोध गर्नुभयो ।

प्रतिष्ठान बचाउन सबै एकजुट भए मात्र सम्भव हुने भन्दै शर्माले आफ्नो कार्यकालमा कुनै पनि नराम्रो नियम विपरितका काम नगर्ने बताउनुभयो ।