१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मधेशमा दुर्घटनामा बढी बालबालिका र महिलाको मृत्यु


26
Shares

काठमाडौं । मधेस प्रदेशमा सवारी दुर्घटनामा परेर मृत्यु हुनेमा महिला र बालबालिकाको संख्या बढी रहेको छ ।

पछिल्लो ५ महिनामा सवारी दुर्घटनामा परि मृत्यु हुनेमा पुरुषको तुलनामा महिला र बालबालिकाको संख्या तीन गुना बढी देखिएको हो ।

गत साउनदेखि मंसिर मसान्तसम्ममा मधेश प्रदेशमा २ हजार ४ सय ९३ सवारी दुर्घटना भएकोमा ४४ जना महिला, २५ बालबालिका र १८ जना पुरुषको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

दुर्घटनामा परेर ७ सय ४६ महिला, २ सय ७५ पुरुष र ६ सय २६ बालबालिका घाइते भएका छन् ।

मधेसमा ट्राफिक प्रहरीको कारबाहीबाट ५ महिनामै ८ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन पनि भएको छ । रौतहटमा मात्रै ५ महिनामा १३ हजार ८ सय ३२ सवारी कारबाहीमा परेका छन् भने त्यसबाट १ करोड ५५ लाख राजस्व संकलन भएको छ ।

प्रदेशमा बढ्दो सवारी संख्या, गाउँ गाउँमा बाटो निर्माण, तिब्र गती र नियम पालना नगर्दा दुर्घटना बढेको ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।