
काठमाडौं । चीन, जापान र दक्षिण कोरियामा कोरोनाको नयाँ लहर देखिएपछि भारतले पनि सतर्कता अपनाउन थालेको छ ।
भारतले बुधबारदेखि देशका सबै अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने यात्रुहरूको कोरोना परीक्षण सुरु गरेको छ भने सबै राज्य सरकारहरूलाई कोरोनाको अवस्थाबारे समीक्षा गर्न भनेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार देशमा कोरोनाको अवस्थाबारे उच्च स्तरीय बैठक डाक्नु भएको छ । बैठकमा चीन, जापान, कोरिया, ब्रजिल, अमेरिकालगायतका देशमा फैलिएको संक्रमणबाट पर्न सक्ने असर न्युनिकरणबारे रणनीति बन्ने बताइएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सबै राज्य सरकारहरूलाई उच्च सतर्कता अपनाउन र संक्रमणको सम्भावित अर्को लहरका लागि तयार रहन निर्देशन दिएको छ ।
बुधबारको तथ्याङ्क अनुसार भारतको राजधानी दिल्लीमा शून्य दशलमव १९ प्रतिशतमा मात्रै संक्रमण फेला परेको छ ।
प्रतिक्रिया दिनुहोस्