
काठमाडाैं । नेकपा (एमाले)का सांसद सूर्य थापाले नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर सरकार बनाउन उपयुक्त हुने बताउनु भएको छ ।
मुुलुकको राजनीतिक स्थायित्व र दीर्घकालीन हितका लागि पनि दुई ठूला दलहरु काँग्रेस र एमाले मिलेर सरकार बनाउन उपयुक्त हुने आफूलाई लागेको उहाँको तर्क थियो । बिहीबार प्रतिनिधिसभा सदस्यको सपथग्रहण गरेलगत्तै सांसद थापाले सञ्चारकर्मीमाझ सरकार कसको नेतृत्वमा बन्छ ? भनेर भन्न सकिने अवस्था अझै नरहेको बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘सरकारको नेतृत्वमा को आउनु हुन्छ ? काँग्रेस आउनु हुन्छ कि माओवादी केन्द्रको आउनु हुन्छ कि । अव ठूला शक्ति भएको हुनाले नेपाली काँग्रेस र एमाले मिलेर अगाडि जाँदा अलि दीर्घकालीन स्थायित्वका निम्ति पनि हितकर हुन्छ भन्ने मेरो अडान रहँदै आएको छ ।’
सांसद थापाले मुलुकको दीर्घकालीन हित केन्द्रित भएर राजनीतिक दलहरु अघि बढनुपर्ने धारणा समेत राख्नु भयो । उहाँ राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पराजित गर्दै प्युठानबाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्