
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताउनुभएको छ ।
आजदेखि बुटवलमा सुरु भएको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव उद्घाटनपछि राष्ट्रपति भण्डारीले व्यापार घाटा बढिरहेको, आयात नियन्त्रण नभै झन विस्तार भएको र मुद्रा सञ्चितीमा अभूतपूर्व चाप परेको बताउनुभयो ।
मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउन आयात प्रतिस्थापन गर्ने खालका वन पैदावार र जडिबुटीजन्य उद्योग स्थापनामा जोड दिनुपर्ने र निर्यात बढाउनुपर्ने भण्डारीको सुझाव छ ।
राष्ट्रपति भण्डारीले भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थितरुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रपति भण्डारीले राज्यको ढुकुटीमा आफ्नो पारिश्रमबाट कर तिर्ने उद्यमी र किसानले सेवा प्राप्त गरुन् भन्नेतर्फ ध्यान दिन सम्बन्धित निकायको ध्यान पुग्नु जरुरी रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्