
काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले ब्याजदर घटाउन बैंक तथा वित्तिय संस्थाहरुलाई दवाव दिनु भएको छ । उद्योग र व्यवसायनै धरापमा पार्ने गरी ब्याजदर बढाउने काम भईरहेको उल्लेख गर्दै गृहमन्त्री खाँणले त्यसलाई तत्काल हटाउन बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराउनु भएको हो ।
रुपन्देही उद्योग संघले बिहीबारबाट बुटवलमा सुरु गरेको ‘१५ औं राष्ट्रिय औंद्योगिक प्रर्दशनी एवम् कृषि, प्रविधि तथा पर्यटन महोत्सव’को उद्घाटन समारोहमा बोल्दै उहाँले उद्योग व्यवसायको प्रवर्दन नभए बैंक तथा वित्तिय संस्थाहरुलाई नै घाटा हुने उल्लेख गर्दै त्यस विषयमा संवेदनशील भएर काम गर्न पनि बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराउनु भयो ।
गृहमन्त्री खाँणले उद्योग व्यवसायको प्रवद्र्धन गर्ने काममा सरकार प्रतिवद्ध रहेको समेत दोहोर्याउनु भयो । उहाँले उद्योगी, व्यवसायीहरुको साथमा तीन वटै तहका सरकारहरु रहेको समेत स्पष्ट पार्नु भयो ।
गृहमन्त्री खाँणले मुलुकको आर्थिक क्षेत्रको समस्यालाई समाधान गर्दै विकास, निर्माणको कामलाई अघि बढाउन सरकार र सम्बन्धित सबै पक्षले हातेमालो गरेर अघि बढनुपर्ने बताउनु भयो । उहाँले नेपाली जनताले चाहे जसरी आर्थिक क्षेत्रको विकास गर्न सबै राजनीतिक दलहरु एकजुट भएर अघि बढनुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो ।
प्रतिक्रिया दिनुहोस्