
काठमाडाैं । श्रृङ्खलाबद्ध हत्याको अभियोगमा केन्द्रीय कारागारमा रहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराज आज रिहा नहुने भएका छन् ।
उनलाई केन्द्रीय कारागारबाट आज अध्यागमन विभाग लैजाने तयारी थियो । तर अध्यागमनले जिम्मा जमानीमा छाड्ने भएपछि शोभराजले रिहा हुन नमानेका हुन् । उनी भोलि केन्द्रीय कारागारमै पाहुनाका रुपमा बस्नेछन् ।
हिजो सर्वोच्च अदालतले रिहा गर्ने फैसला गरेपनि शोभराजलाई आज काठमाडौं जिल्ला अदालतमा मुद्दा रहेको भन्दै रिहा गरिएको थिएन् ।
आज साँझ काठमाडौं जिल्ला अदालतले हत्या अभियोगमा केन्द्रीय कारागारमा रहेका शोभराजलाई रिहा गर्न आदेश दिएको थियो ।
सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम काठमाडौं जिल्ला अदालतले पनि शोभराजलाई रिहा गर्न केन्द्रीय कारागार सुन्धारालाई निर्देशन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्