
एजेन्सी । भारत र चीनबीच उच्चस्तरीय सैन्य वार्ता भएको छ ।
सीमा क्षेत्रमा देखिएको अशान्त अवस्थालाई सहज बनाउन भारत र चीनबीच उच्चस्तरीय सैन्य वार्ता भएको हाे ।
सीमा क्षेत्रमा भारत र चीनका सेनाबीच पटक–पटक झडप भएपछि दुवै देशका सेनाको उच्च नेतृत्वबीच वार्ता भएको अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
वार्तापछि संयुक्त वक्तव्य जारी गरेर दुवै देशले वार्ताबाट सबै समस्याको हल खोज्ने सहमति भएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्