२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बिहिबार छुटेकामध्ये दुई सांसदले लिए सपथ


169
Shares

काठमाडौं । बिहिबार शपथ ग्रहण गर्न छुटेका चार मध्ये दुई जना प्रतिनिधि सभा सदस्यहरुले आज शपथ ग्रहण गरेका छन् ।

माओवादी केन्द्रका महिन्द्र राय यादव र रामकुमार राईले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले संघीय संसद सचिवालय सिंहदरबारमा शपथ गराउनुभएको हो ।उपत्यका बाहिर रहेका यादव र राई दुवै जना मौसम प्रतिकूलताका कारण हवाई उडान ढिलो हुँदा शपथ ग्रहण समारोहमा सहभागी हुन सक्नुभएको थिएन ।

एकीकृत समाजवादीका प्रेमबहादुर आले र नेपाली कांग्रेसकी माया राई पनि शपथ ग्रहण समारोहमा छुट्नु भएको थियो । आले पारिवारिक शोकमा हुनुहुन्छ भने राई सुत्केरी भएकाले अस्पतालमा भर्ना हुनुभएको छ । उहाँहरुले आफ्नो अनुकूलतामा शपथ लिन सक्ने संसद सचिवालयले जनाएको छ । प्रतिनिधि सभाका अन्य सदस्यहरुले जेष्ठ सदस्य जबराबाट संसद भवन नयाँ बानेश्वरमा बिहिबार शपथ ग्रहण गरेका थिए ।