
काठमाडौं । चीनले अमेरिकालाई रेड लाइन क्रस नगर्न चेतावनी दिएकाे छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकाले चलाखीपूर्ण रणनीति प्रयोग गर्दै रेड लाइन क्रस गर्न खोजेको भन्दै त्यस्तो नगर्न चेतावनी दिएको अलजजिराले जनाएको छ ।
उहाँले अमेरिकाले आफ्नो ‘एकतर्फी धम्कीको पुरानो दिनचर्या’ बन्द गर्नसमेत चेतावनी दिएकाे छ चेतवनी दिएकाे । अमेरिकी समकक्षी एन्टोनी ब्लिंकेनलाई टेलिफोन कुराकानीमा वाङले यस्तो चेतावनी दिनुभएकाे हाे ।
वाङले अमेरिकाले चीनको विकास दबाउन खोजेको भन्दै आरोप पनि लगाउनु भएकाे हाे।
अमेरिकाले ठूलो परिणाम प्राप्त गर्नका लागि गर्ने साना कदमहरूलाई लक्षित गर्दै चीनले त्यस्तो नगर्न चेतावनी दिएको हो । दुई ठूला देशका प्रमुखहरूले प्रत्यक्ष भेटवार्ता गरेको केही सातामै चीनबाट यस्तो चेतावनी आएको हो ।
प्रतिक्रिया दिनुहोस्