
काठमाडाैं । कायममुकायम प्रधान्यायाधीश हरिकृष्ण कार्कीले अनुसन्धान, अभियोजन,न्याय निरुपण गर्ने निकायबीचको समन्वय र सहकार्य बिना सुदृढ न्याय प्रणालीको गन्तव्य भेटाउन नसकिने बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा भएको सरकारी वकीलहरुको राष्ट्रिय सम्मेलनमा बोल्दै का.मु. प्रधानन्यायाधीश कार्कीले अनुसन्धान अभियोजन,न्याय निरुपण गर्ने निकायहरुको क्षमता प्रभावकारिता तथा त्यस्ता निकायहरुबीचको कार्यगत सम्बन्ध, समन्वय र सहकार्य बिना सुदृढ न्याय प्रणालीको गन्तव्य भेटाउन नसकिने बताउनुभएको हो ।
उहाँले फैजदारी न्याय प्रणालीलाई विश्वनीय बनाउन यससँग आवद्ध संस्था वा निकायहरुको सक्षता,निष्पक्षता,व्यवसायिकता र जवाफदेहिता अपरिहार्य रहेको बताउनु भयो ।
उहाँले नेपालको फैजदारी कानूनी राज्य बनाउन फैजदारी न्याय प्रशासनको मेरुदण्डको रुपमा रहने सरकारी वकीलहरुको कुशल क्षमता, व्यवसायिकता तथा प्रभावकारी कार्यसम्पादनबाट नै समग्र फैजदारी न्यायप्रणालीले गतिशिलता प्राप्त गर्नसक्ने बताउनु भयो ।
उहाँले संवैधानिक कानूनी एवम संरचनागत व्यवस्थामा पछिल्लो समय समसामयिक परिवर्तनहरु हुँदै आएको बताउनु भयो । का.मु.प्रधानन्यायाधीश कार्कीले फौजदारी न्यायका आयामहरुमा क्रमसः बिस्तार हुँदै गएको भन्दै धेरै नविनतम विधिशास्त्रिय मान्यताहरु विकसित हुँदै गएको बताउनु भयो ।
उहाँले फैजदारी न्यायका परम्परागत मान्यता, अवधारणा र मापदण्डले मात्रै अबको आवश्यकता सम्बोधन हुने सम्भावना नभएको बताउनु भयो । उहाँले अनुसन्धान र अभियोजनका क्षेत्रमा अन्तर्राष्ट्रिय क्षेत्रमा विकसित स्वीकृत र अवलम्वित मानक तथा मापदण्डका विषयमा ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले पीडितमैत्री एवम क्षतिपूर्ति सहितको न्याय लगायतका अवधारणाहरु फौजदारी न्याय प्रणालीका अन्तरनिहीत पक्षमा स्थापित हुँदै गएको बताउनु भयो । उहाँले यसले अनुसन्धान तथा अभियोजन गर्ने निकायहरुमा पनि सोही अनुरुपको दृष्टिकोण र क्षमता राख्नुपर्ने बताउनु भयो ।
का.मु. प्रधानन्यायधीश कार्कीले फौजदारी न्यायको प्रभावकारी कार्यान्वयको लागि अनुसन्धान र अभियोजन वस्तुनिष्ठ र वैज्ञानिक हुन आवश्यक रहेको बताउनु भयो । उहाँले अनुसन्धान र अभियोजन नै फौजदारी न्यायका आधार स्तम्भहरु भएको भन्दै यसको सुदृढीकरण बिना फौजदारी न्याय सबल र प्रभावकारी बन्न नसक्ने बताउनु भयो । उहाँले फैजदारी मुद्दाहरुको अनुसन्धान र अभियोजनमा समस्या र चुनौतिहरु रहेको बताउनु भयो । कार्कीले अपराध अनुसन्धानमा फौजदारी मुद्दाको विश्वनीयताप्रति आशंका र टिप्पणीहरु हुन थालेको भन्दै त्यस प्रकारका आशंका र टिप्पणीहरुलाई इन्कार गर्न नहुने बताउनु भयो ।
उहाँले अनुसन्धान र अभियोजन कर्ता बीचको आपसी सहयोग समन्वय र सहकार्यमा विशेष ध्यान जान जरुरी रहेको बताउनु भयो । उहाँले अनुसन्धान र अभियोजन कर्ता बीचको आपसी सहयोग समन्वय र सहकार्यमा विशेष ध्यान दिँदा मात्रै फैजदारी कानूनको जग बलियो हुने दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्