
काठमाडौं । फ्रान्सकाे एक सांस्कृतिक केन्द्रमा बन्दुकधारीले गोली चलाउँदा करिब ३ जनाको मृत्यु भएको छ ।
घटनामा परी अन्य ३ जना घाइते भएको बीबीसीले जनाएको हाे । राष्ट्रपति इमानुएल म्याक्रोनले घटनाको निन्दा गर्दै घाइतेहरुको उचारमा ध्यान दिन अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । पछिल्लो समय फ्रान्समा व्यक्ति हत्याका घटनाहरु बढ्दै गएको भन्दै सर्वसाधारणको सुरक्षाकाे बारेमा चिन्ता हुन थालेको छ ।
मृत्यु हुने ३ जना कुर्दिश रहेको छ । क्रिसमस मनाउन विभिन्न क्लब र रेष्टुराँमा भेला भएकाहरुमाथि लक्षित गरी आक्रमण भएको अधिकारीहरुले जनाएका छन् । घटनामा संलग्न भएको आशंकामा सुरक्षाकर्मीले ६९ वर्षीय एक ट्रेन चालकलाई नियन्त्रणमा लिएका छन् । ति व्यक्ति हालै पेरिसमा एक आप्रवासी शिविरमा भएको आक्रमणको मुद्दा सुनुवाईको पर्खाइमा रहेका बेला हिरासतबाट रिहा भए लगत्तै आक्रमण भएको जनाइएकाे छ ।
सोही घटनापछि सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा भीड नियन्त्रणमा लिन प्रहरीले दर्जनौं राउण्ड आश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीहरुले सार्वजनिक र निजी संरचनाहरुमा क्षति पुर्याउन थालेपछि नियन्त्रणका लागि बल प्रयोग गरेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्