१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


जीर्ण बन्दै गरेका खेलकुदका संरचनाहरूमाथि कहिले जाला सम्बन्धित निकायको ध्यान ? (फोटो फिचर)


104
Shares

काठमाडौं । पछिल्लो समय नेपालको खेलकुद क्षेत्र निरन्तर खस्किरहेको छ । एकपछि अर्को खेलहरूमा पराजय भोगिरहेको नेपाल उत्कृष्ट जित निकाल्न असक्षम छ ।

क्रिकेट होस् वा फुटबल उत्कृष्ट नतिजा निकाल्न नेपाल असक्षम भएको केही समय यताका खेलहरूबाट स्पष्ट हुन्छ । नेपालमा सबैभन्दा धेरै फ्यान भएको फुटबलमा समेत गुट, उपगुटका कारण विभिन्न समस्या पैदा भएका थिए ।

यद्यपी मुख्य प्रशिक्षक परिवर्तनपछि भएका दुई मैत्रीपूर्ण खेल भने नेपालले जितेको छ । तर, फ्यानहरूका लागि त्यो पनि सन्तोषजनक छैन । दोस्रो धेरै मन पराइने क्रिकेटमा पनि पछिल्लो समय जित निकाल्न नेपाली टिमले सकेको छैन ।

हालै नामिबियामा सम्पन्न आईसीसी क्रिकेट लिग डिभिजन २ अन्तर्गत भएका सबै खेलमा नेपाल पराजय व्यहोर्न बाध्य भयो । साथै अन्य समूह चरणका खेलमा पनि नेपालले सन्तोषजनक नतिजा निकाल्न सकेको छैन ।

खेल मात्रै कमजोर होइन, खेल सँगसँगै नेपालका खेलकुद संरचनाहरू पनि कमजोर र जिर्ण बन्दै गइरहेका छन् । खेलको अभ्यासका लागि राम्रा र सुविधायुक्त भौतिक संरचना नभइरहेको भन्ने गुनासो बढीरहेको नेपालमा भएका केही संरचनाहरूको समेत उचित संरक्षण र संवर्द्धन हुन नसक्नु दुःखद् हो । यिनै जिर्ण र संरचनामा अभ्यास गर्न खेलाडीहरू बाध्य बनेका छन् ।

भत्केका संरचनाहरू बनाउन र भएका खेल संरचनाको विकास गर्न लाग्नेतर्फ सम्बन्धित निकायहरू चनाखो देखिँदैनन् । संरचनालाई सुविधायुक्त बनाउनु त टाढाको कुरा संरचनाको व्यवस्थापन गर्न पनि कठिन बनेको छ ।

सरसफाइ र नियमनका कुरा त फोटोमै कसरी भएको छ भन्ने स्पष्ट हुन्छ । खेलका संरचनाहरू बिग्रिँदै गएका छन् । सातदोबाटोस्थित स्वीमिङ पुलको दर्शक बस्ने कुर्सी, काठमाडौंको मुलपानीको क्रिकेट रंगशाला लगायत अधिकांश काठमाडौं उपत्यकाका खेलकुद संरचनाहरू जिर्ण बनिरहेका छन् । त्रिपुरेश्वरस्थित स्विमिङ पुल त भूकम्पले भत्केपछि अलपत्र नै छ ।

रंगशालामा फ्याँकिएका नवौं साफ खेलकुद प्रतियोगिताको मस्कट, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा च्यातिएको झण्डाहरू तस्बिर हेर्दा नै कस्तो अवस्था रहेछ भन्नेकुरा स्पष्ट बुझिन्छ ।

सातदोवाटोस्थित स्वीमिङ पुलको दर्शक बस्ने कुर्सी ।
सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा च्यातिएको झण्डाहरु ।
सातदोवाटोस्थित एन्फा कम्प्लेक्स अगाडि बनाइएको फुटवलको प्रतिमा ।
रंगशालामा फ्याकिएका नवौं साफ खेलकुद प्रतियोगिताको मस्कट ।
त्रिपुरेश्वरस्थित स्विमिङ पुल । भुकम्पले भत्केपछि यो स्विमिङङ पुल अलपत्र छ ।
जावलाखेल फुटवल ग्राउण्ड ।
पुल्चोकको एक चौरमा फुटवल खेल्न लगाइएको जाली ।
पुल्चोक क्रिकेटको पिचसँगै युवकहरु फुटवल खेल्ने तयारीमा ।
टुडिखेलमा क्रिकेट खेल्दै युवकहरु ।
गोकर्णको एक खुला धुले चौरमा गल्फको प्रशिक्षण गर्दै युवक ।
काठमाडौंको मुलपानीको क्रिकेट रंगशालामा पानी पसेपछि मिलाइदै ।
लगनखेल बुद्धिविकाश मण्डलको ग्राउण्डमा फुटवल खेल्दै खेलाडी ।
लगनखेलस्थित बास्केटवल कोर्ट ।

तस्विर : न्युज एजेन्सी नेपाल