
काठमाडौं । आज क्रिसमस पर्व । क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टको जन्म दिन डिसेम्बर २५ मा क्रिसमस पर्व मनाउने गरिन्छ । विश्वभरका क्रिश्चियन समुदायले आइतबार क्रिसमस डे मनाउँदैछन् ।
आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन अहिलेको इजरायलस्थित जेरुसेलममा क्राइस्टको जन्म भएको विश्वास गरिन्छ ।
क्राइस्ट मुक्ति, प्रेम र शान्ति दिएको मार्ग देखाएको विश्वासमा क्रिश्चियन समुदायले यो पर्व मनाउने गर्दछन् ।
क्रिसमसमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै शुभकामना तथा उपहार आदानप्रदान गर्ने गरिन्छ ।
मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनीहरुको भनाइ छ ।
यस अवसरमा सरकारले नेपालमा पनि सार्वजनिक बिदा दिने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्