२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अफगानिस्तानमा महिलालाई गैरसरकारी संस्थामा काम गर्न बन्देज


195
Shares

काठमाडौं । अफगानिस्तानमा महिलाहरुमाथि एकपछि अर्को प्रतिबन्ध लगाउँदै आएको तालिवान सरकारले महिलाहरुलाई गैरसरकारी संस्थाहरुमा समेत काम गर्न बन्देज लगाएको छ ।

तालिवान सरकारको याे कदमकाे संयुक्त राष्ट्र संघ र अमेरिकाले निन्दा गरेका हुन् । महिलाहरुको मौलिक अधिकारको उलंघन गरेको भन्दै राष्ट्र संघ र अमेरिकाले निन्दा गरेका हुन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले तालीवानको निर्णयले लाखौं अफगानी महिलाको जीवन बचाउन गरिने सहायतामा ठेस पुगेको प्रतिक्रिया दिदै तालिवानी कदम अफगान जनताका लागि विनाशकारी हुने बताउनुभएको छ ।

यस अघि तालिवान सरकारले अफगानी महिलाहरुलाई विश्वविद्यालयको पठनपाठनमा प्रतिबन्ध लगाएको थियो । महिलाहरुले विश्वविद्यालयमा पढ्न पाउनु पर्ने भन्दै देशभर प्रदर्शन पनि गरेका छन् ।

तर सरकारले भने नयाँ नयाँ प्रतिबन्धहरु थोपर्दै लगेको छ ।