६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


देशभरकाे माैसमकाे अवस्था कस्ताे छ ?


91
Shares

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

आइतबार बिहान गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, देशका हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना छ ।

आइतबार राति भने सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । त्यस्तै, बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, देशका हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।