
एजेन्सी । दक्षिण भारतीय चर्चित अभिनेता चलपथी रावको हृदयघातका कारण निधन भएको छ ।
रावलाई आइतबार बिहान आफ्नै घरमा हृदयघात भएको र सोही समय उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
राव लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका थिए । उनको ७८ वर्षको उमेरमा निधन भएको हो । उनको निधनले परिवार स्तब्ध भएका छन् । उनको परिवारमा श्रीमती र दुई सन्तान छन् ।
राव दक्षिण भारतीय फिल्ममा कमेडी र खलनायकको भूमिकामा परिचित थिए । उनले ६०० भन्दा बढी फिल्ममा अभिनय गरेका थिए।
उनले दक्षिण भारतीय मात्रै नभएर भारतीय फिल्ममा पनि काम गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्