
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको सत्ता गठबन्धनलाई कायमै राख्नुपर्ने बतानुभएकाे छ ।
उहाँले आइतबार आफ्नाे सामाजित सञ्जाल ट्वीटर मार्फत यस्ताे बताउनुभएकाे हाे । सत्तामा नयाँ र अनुभवीको संयोजन हुनुपर्ने भन्दै उहाँले यहि गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समेत समेट्नु पर्ने धारणा राख्नु भएकाे छ ।
एक्लो बहुमत कुनै पनि दलसँग नभएको र गठबन्धन गरेर पनि सामान्य बहुमत नपाएको स्थितिमा लचकता, सहकार्य र विश्वासका आधारमा अघि बढ्नु पर्ने उहाँले जोड छ ।
उहाँले सामाजित सञ्जाल ट्वीटरमा यस्ताे लेख्नुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्