२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


लुम्बिनीको लगातार दोस्रो जित


156
Shares

काठमाडौं । टियु क्रिकेट मैदानमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले लगातार दोस्रो जित हात पारेको छ ।

आइतबार भएको पहिलो खेलमा लुम्बिनीले विराटनगर सुपर किङसलाई २ रनले पराजित गर्दै दोस्रो जित हात पारेको हो ।

लुम्बिनीले दिएको १५८ रनको लक्ष्य पाएको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन मात्र बनायो ।

विराटनगरका लागि हुसेन तलातले सर्वाधिक २९ रन बनाए । यस्तै, रोहित कुमार पौडेलले २५, पृथु बास्कोटाले १८, सिकन्दर राजाले १७ र अर्जुन साउदले १० रन बनाए ।

लुम्बिनीका लागि किशोर महतोले २ तथा सागर ढकाल, गुलसन झा, दिपेन्द्र सिहं ऐरी र प्याट ब्रोनले समान १/१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ सुरु गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५७ रन बनाएको थियो ।

लुम्बिनीका लागि लाहिरु मिलन्थाले अविजित ८०, कुशल भुर्तेलले २६, कप्तान दिपेन्द्र सिहं ऐरीले १६ तथा बिपुल शर्माले ११ रन बनाए ।

विराटनगरका लागि नन्दन यादव, हुसेन तलात, शाहब आलम, आन्द्रे म्याकार्थी र सिकन्दर राजाले समान १/१ विकेट लिए ।

जितसँगै लुम्बिनी ४ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमै रहेको छ ।