
फाइल तस्विर
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बाहिरिएका छन् ।
सत्तारूढ दलहरूबीच नयाँ सरकार गठनका लागि बैठक चलिरहेका बेला सहमति नभएपछि प्रचण्ड बाहिरिएको माओवादीका एक नेताले जानकारी दिनुभयो ।
पहिलो पालीमा आफ्नो पार्टीले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्दै प्रचण्ड छलफलका लागि बालुवाटार पुग्नु भएको थियो ।
गठबन्धनमा रहेका दलहरूबीच शक्ति बाँडटको सहमति नहुँदा नयाँ सरकार गठन हुन सकेको छैन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको समयसीमा आइतबार साँझ ५ बजे सकिँदैछ ।
प्रतिक्रिया दिनुहोस्